Erani Mahal
सिद्धबावा माथिबाट खसेकाे ढुंगाले लागेर बलेराे जिप च्यापिदा दुई जना घाइते
acc
पाल्पा – सिद्धबावा नजिकै गुडिरहेको बलेरोमा ढुंगा खस्दा दुई जना घाइते भएका छन् । गुडिरहेको लु २ च ७३८७ नम्बरको बलेरो जीपमा ढुंगा खस्दा जीपमा सवार चालक र सहचालक घाइते भएको प्रहरीले जनाएको छ । जीपमा बेलुकी ८ बजेतिर सडक माथिबाट ढुंगा खसेकाे स्थानीयले बताएका छन् । घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको र दुबै जनाको उपचारका लागि बुटवलतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । थप जानकारी आउन बाँकी रहेको उहाँले बताउनुभयो । तस्विर : दिपक गैरेकाे सहयाेगमा । स्थानीय मानिस, अन्य सवारीसाधनका यात्रुहरूले घाइतेकाे उद्धार गरेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update