Erani Mahal
गण्डकी प्रदेशको प्रशासनमा पाल्पाका काविल कर्मचारीहरु !
palpa
पाल्पा– गण्डकी प्रदेश सरकारको संचालनको स्थायी सरकारका रुपमा रहेको कर्मचारी प्रशासनमा पाल्पाका काविल कर्मचारीहरुले नेतृत्व गरेका छन् । पाल्पा गण्डकी प्रदेशमा पर्दैन तर गण्डकी प्रदेशको प्रशासनिक नेतृत्व अधिकांश समय पाल्पालीले गर्दै आएका हुन् । पाल्पा वरांगदीका हरि वस्याल सचिव वढुवा हुनासाथ गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहि त्यहाका जनताको मन जित्न सफल हुनुभएको थियो । विगत एक वर्ष देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्रदेश सचिवमा पाल्पा बन्दीपोखराकी इन्दु घिमिरे कार्यरत रहदै आउनुभएको छ । उहाँको मिलनसार स्वभाव पनि सवैले रुचाएका छन् । अहिले पाल्पा तानसेनका डा दामोदर रेग्मी सचिवमा वढुवा भै गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहनु भएको छ । डा दामोदर रेग्मीले सिध्दार्थ राजमार्ग आर्थिक करिडोर तथा पाल्पाका विकासका तीन मुख्य आधार शिक्षा स्वास्थ्य र पर्यटनलाई गण्डकी प्रदेश संग आवध्द गर्ने प्रयास गर्नुभएको छ । उहाँ यस अघि पनि पश्चिमान्चल क्षेत्रीय प्रशासकको रुपमा पोखरामा कार्यरत रहनु भएको थियाे । यसै गरी दामोदर रेग्मी पश्चात पश्चिमान्चल क्षेत्रीय प्रशासकको रुपमा पाल्पा तानसेनका नारायण गोपाल मलेगो पोखरामा कार्यरत रहनुभएकाे थियाे । पाल्पाका यी प्रशासकहरु पोखरेलीहरु माझ चीर परिचित अनुहारहरु हुन् । उनीहरुले पाल्पाके विकासमा समेत त्यहाँ रहेर उल्लेख काम गरेको गण्डकी प्रदेशका प्रमुख सचिव दामोदर रेग्मीले रानीमहललाइ बताउनुभयो । आफ्नो कार्यकालमा समेत पाल्पालीसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update