Erani Mahal
सत्यवती ताल क्षेत्रमा केबलकार संचालनबारे सार्वजनिक सुनुवाई
IMG_8025 (1)
पाल्पा – चिच्याएर वर माग्ने मन्दिरका रुपमा परिचित सत्यवती मन्दिरमा केवलकारको निर्माणपछि यस क्षेत्रको विकासमा टेवा पुग्ने बताइएको छ । सत्यवती केवलकार प्रालिले आयोजना गरेको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कृषि र पर्यटनको मात्र संभावना रहेको जिल्लामा केवलकार सञ्चालनमा आएपछि कृषि उपज बिक्रीका लागि बजार खोज्न टाढा जान नपर्ने र यससँगै स्थानीय स्तरमै रोजगारीको सिर्जनाको हुने तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले दावी गर्नुभयो । तिनाउ गाउँपालिकाको कोलडाँडामा रहेको सत्यवती मन्दिरलाई राजमार्ग देखि केवलकारले जोडिए पछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि हुने अपेक्षा गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य इन्द्रा चिदी, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, वडा अध्यक्षहरु दलबहादुर दलार्मी, दानबहादुर गाहाले केबलकार सञ्चालनसँगै अन्य सम्भावनाको समेत विकास हुने जिकिर गर्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा कल्याणी प्राथमिक विद्यालयका प्रधानाध्यपक सुन्दर गाहा, पत्रकार प्रकाश नेपाल, स्थानीय समाज सेवी प्रेम श्रेष्ठ लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रममा सहभागीले उठाएको जिज्ञासाको जवाफ केवुलकार सञ्चालक थानेश्वर बस्यालले दिनुभएको थियो । वातावरणीय अध्ययन गरेको संस्था एवं परामर्शदाता एकीकृत सिर्जनशिल नेपालका सुजन गैरेले केवलकारका विषयमा जानकारी दिनुभयो । केबलकारको लम्बाइ १ हजार २ सय मिटर, ७ वटा टावर निर्माण हुनेछ । सम्बन्धित समाचार https://eranimahal.com/2021/06/09/18822/
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update