Erani Mahal
शान्ता जिसीको ‘घरबारी’ सार्वजनिक (भिडियाे सहित)
santa gc
बुटवल - महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिएसँगै तिजका सार्वजनिक हुने क्रम बढेको छ । यसैबीच गायीका शान्ता जिसीको स्वर रहेको नयाँ गीत ‘घरबारी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेम सापकोटा सोनु र शान्ता जिसीको स्वर रहेको गीतलाई प्रेम सापकोटाले लिरिक्स तयार पार्नुभएकाे हाे, गीतमा उहाँकै म्युजिक छ । महेन्द्र भण्डारीको म्युजिक एरेन्ज, खडक वाजुरालीको साउण्ड मिक्सिङमा तयार गीत मालाश्रीमा रेकर्ड गरिएको हो । यसको भिडियोलाई प्रकाश भट्टले निर्देशन गर्नुभएकाे छ । राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गर्नुभएकाे छ । भिडियोमा रामजी खाँड र अनु पराजुली लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । शान्ता जिसीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीत छोटो समयमै चर्चामा छ । यसअघि गायिका जिसीले सार्वजनिक गरेका गीतहरु ‘जापानिज साडी, वरीलै, बाहिर कुरा नगर लगायतका गीत चर्चित छन् । यो गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको उहाँको भनाई छ । बाचा, तिम्रो बचन लगायतका अरु आधा दर्जन गीतमा स्वर भरेकी उहाँ लामो समयदेखि जापान बस्दै आउनुभएकाे छ । उहाँले हरेक वर्ष तिजका समयमा तिज गीत ल्याउने गर्नुभएकाे छ भने अन्य बेलामा समेत फ्याट्टफुट्ट गीत सार्वजनिक गर्नुभएकाे छ । भिडियाे हेर्नुहाेस् https://www.youtube.com/watch?v=pjhlr0G729s
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update