Erani Mahal
पाल्पा प्रहरीद्वारा फरार तीन अभियुक्त पक्राउ
jj
पाल्पा – फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा पाल्पा जिल्ला अदालतले दोषी ठहर गरी फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न मितिमा अदालतले फैसला गरी दोषी ठहर भएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । पक्राउ गर्नेमा रामपुर नगरपालिका–३, का ५० वर्षीय खगनाथ न्यौपाने छन् । उनी बैकिङ् कसुर सम्बन्धी मुद्दामा दोषी ठहर भई फरार भएका थिए । उनलाई अदालतले ७ लाख ३० हजार नगद गरिमाना तोकेको थियो । यस्तै बहुबिवाह मुद्दामा दोषी ठहर भई फरार भएका रम्भा गाउँपालिका–१, का ४९ वर्षका कृष्णप्रसाद पाठकलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतले १ वर्ष तीन महिना कैद सजाय तोकेको थियो । प्रहरीका अनुसार निस्दी गाउँपालिका–१, का ६० वर्षीय वीरबहादुर पुलामीलाई समेत पक्राउ गरिएको थियो । जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका पुलामी प्रहरीको फरार सूचिमा थिए । उनलाई पाल्पा जिल्ला अदालतले ६ वर्ष कैद सजाय फैसला गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update