Erani Mahal
आइतवार पाल्पामा १२ जना  काेराेना संक्रमित थप ३३ जना निकाे
coronn
पाल्पा – पाल्पामा आइतवार थप १२ जना काेराेना संक्रमित थप भएका छन् । आइतवार पिसिआर परीक्षणमा ३ र एन्टिजिनमा ९ नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । २८ पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । यस्तै १७ महिला र १६ पुरुष गरी ३३ जना निकाे भएर घर फिर्ता भएका छन् । पाल्पामा हाल ४१२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण १२५ जनाको निधन भईसकेको छ । आज थप एक जनाकाे निधन भएकाे हाे । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ८ हजार ३ सय ६९ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार ८ सय ४६ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ४१२ संक्रमितमा हाेम आइसाेलेशनमा ३ सय ७२ जना आइसियू ० जना एचडियूमा २० भेन्टिलेटरमा ० र आइसाेलेशनमा २० जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update