Erani Mahal
गण्डकी प्रदेशमा सुशासन र संघीय अन्तर सम्बन्धलाई मजवूत वनाउने लक्ष्य
224199398_390754826001952_8448335199311341654_n
पाेखरा- गण्डकी प्रदेशले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको प्रभावकारिता मार्फत प्रदेशको सुशासन र संघीय अन्तरसम्बन्धलाई मजवूत वनाउने लक्ष्य लिएको छ । गण्डकी प्रदेशमा संघ, प्रदेश र स्थानीय सरकारहरू बीच अन्तर-सम्बन्ध, सहकार्य र समन्वय स्थापित गर्ने, प्रदेश र स्थानीय सरकारहरूको कार्य पद्धति र प्रकृयालाई व्यवस्थित गर्ने, प्रदेश र स्थानीय सरकारहरूको शासन सञ्चालन गर्ने संस्थागत क्षमता अभिवृद्धि गर्ने, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकास गर्ने, स्थानीय तहको शासनमा नागरिक सहभागिता र उनीहरूप्रतिको जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम संचालन हुदै आएको छ । यसको अतिरिक्त प्रदेश तथा स्थानीय सरकारको संस्थागत संरचना एवं व्यवस्थापन सुदृढ गर्न, प्रदेश तथा स्थानीय सरकारको कार्यप्रणालीलाई प्रभावकारी बनाउन, योजना तर्जुमा प्रकृयालाई बढी सहभागितामूलक बनाउन, सेवा प्रवाहलाई समावेशी र बिपन्न एवं पछाडी परेको वर्ग प्रति बढी जवाफदेही एवं नागरिक मैत्री बनाउने रहेका छन् । गण्डकी प्रदेशका प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका मुख्य मुख्य क्रियाकलापहरूमा प्रदेश सरकारले तर्जुमा गर्ने विभिन्न विषयका विधेयकहरु, कार्यबिधि, मापदण्ड निर्माणमा सहयोग, प्रदेश सरकारको सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण र क्षमता विकास, प्रदेशस्तरमा सामाजिक उत्तरदायित्वका औजारहरू (सार्वजनिक सुनुवाई, सार्वजनिक लेखा परीक्षण, सामाजिक परीक्षण) को अभ्यास , प्रदेश सुशासन केन्द्र स्थापना, संचालन र क्षमता विकासका कार्य, प्रदेश सभाका निर्वाचित प्रतिनिधि र प्रदेश सरकारका कर्मचारीहरूको लागि विभिन्न विषयमा क्षमता विकास रहेका छन् । यसै गरि प्रदेश सरकारको बार्षिक योजना तथा बजेट तर्जुमा प्रकृया सुदृढीकरण , प्रदेशस्तरमा लैङ्गीक समानता र सामाजिक समावेशी परीक्षण कार्यविधि निर्माण , प्रदेशस्तरमा सुशासन नीति, कार्यविधि तथा कार्यक्रम तर्जुमा र सो को कार्यान्वयन र प्रदेश सरकारको राजश्व प्रशासन सुदृढीकरण कार्यक्रम अन्तरगत रहेका छन् । सात प्रदेशहरुमध्ये गण्डकी प्रदेशको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम राम्रो रहेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र विकास अहलेको आवश्यकता भएकोले यी विषयहरु समेटिनु पर्ने कुरामा जोड दिए । प्रमुख सचिव डा. दामोदर रेग्मीले संघीय संरचनामा प्रदेशको भूमिका प्रभावकारी वनाउन प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले प्रदेश र स्थानीय तहको आवश्यकताको आधारमा खर्च प्रणाली, आर्थिक कार्य प्रणाली, वित्त हस्तान्तरण, वित्तीय सुशासन प्रबर्ध्दनमा समेत केन्द्रित हुनु पर्ने कुरामा जोड दिनुभयाे । उहाँले यस कार्यक्रमले प्रदेशको सुशासन र संघीय अन्तरसम्बन्धलाई मजवूत वनाउनमा योगदान गर्नु पर्ने वताउनुभयाे । नीति योजना आयोगका उपाध्यक्ष रघुनाथ काफ्लेले कार्यान्वयन प्रभावकारी हुनु पर्ने कुरामा जोड दिनुभयाे । सेवा प्रवाहलाई समावेशी र जवाफदेही एवं नागरिक मैत्री बनाउन सो कार्यक्रम आयोजना भएको प्रदेश सचिव इन्दु घिमिरेले वताउनुभयाे । पाल्पाका डा दामोदर रेग्मी र इन्दु घिमिरे दुवै हाल गण्डकी प्रदेशमा प्रमुख सचिव र प्रदेश सचिवमा कार्यरत रहनु भएकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update