Erani Mahal
पाल्पामा शुक्रवार ६७ जनामा काेराेना संक्रमण, ११ जना निकाे
corona_palpa
पाल्पा – पाल्पामा शुक्रवार थप ६७ जना काेराेना संक्रमित थप भएका छन् । जिल्लामा काेराेनाकाे संक्रमण दर भने घट्न सकेकाे छैन । शुक्रवार पिसिआर परीक्षणमा ३४ र एन्टिजिनकाे परीक्षणमा भने ३३ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । ११७ जनाको एनटिजीनमा ३३ र ६० पिसिआर परीक्षण गर्दा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । ६७ सङ्क्रमित हुँदा ११ जना निको भएका छन् । पाल्पामा हाल ४३१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण १२५ जनाको निधन भईसकेको छ । आज थप एक जनाकाे निधन भएकाे हाे । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ८ हजार ३ सय ६९ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार ८ सय १३ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ४३१ संक्रमितमा हाेम आइसाेलेशनमा ३ सय ९२ जना आइसियू ० जना एचडियूमा २१ भेन्टिलेटरमा ० र आइसाेलेशनमा १८ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update