Erani Mahal
पाल्पामा ४ हजार २ सय शिक्षक कर्मचारीलाई काेराेना खोप दिइदै : तालिका सहित !
228704680_169051958516716_8115531203120271030_n
पाल्पा– पाल्पामा शनिवार देखि कोरोना भाइरस विरुद्धको खोप जिल्लाका विभिन्न सामुदियक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई लगाइने भएको छ । जिल्लामा अन्य क्षेत्रमा प्राथमिकतामा नपरेको भन्दै जिल्लाका शिक्षकहरुले आन्दोलन र धर्नाका कार्यक्रम सुरु गरेपछि स्वास्थ्य कार्यालयले साउन १६ गतेदेखि खोप दिन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । उनीहरुलाइ भेराेसेल खाेप लगाउने तय भएकाे छ । पन्थीका अनुसार पाल्पा जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारी गरी ४ हजार २ सय २७ जनालाई खोप दिने कार्यक्रम रहेको छ । याे संख्या ५० वर्ष मुनी उमेर समूहकाे रहेकाे छ । ५० वर्ष माथिकाले भने खाेप लगाइसकेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । त्यसका लागि सबै पालिकाबाट तथ्यांक संकलन गरी काम सुरु गरिएको छ । पाल्पामा सबैभन्दा धेरै तानसेनमा ८ सय, रामपुरमा ७ सय शिक्षक कर्मचारीलाई खोप दिइने छ । हेर्नुहोस पाल्पाका १० पालिकामा कहाँ कति शिक्षकलाई खोप दिइैदै छ :
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update