Erani Mahal
पाल्पामा दुइ दिनमा ९७ जना काेराेना संक्रमित थपिए
corona-gg
पाल्पा – पाल्पामा बुधवार र विहिवार गरी गप ९७ जना काेराेना संक्रमित थप भएका छन् । जिल्लामा काेराेनाकाे संक्रमण दर भने घट्न सकेकाे छैन । बुधवार पिसिआर परीक्षणमा २५ र एन्टिजिनकाे परीक्षणमा भने ३९ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । यस्तै विहिवार पिसिआर परीक्षणमा १२ र एन्टिजिनकाे परीक्षणमा भने २१ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । दुइ दिनमा २५८ जनाको एनटिजीनमा ३७ र १०५ पिसिआर परीक्षण गर्दा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । ९७ सङ्क्रमित हुँदा २९ जना निको भएका छन् । पाल्पामा हाल ३७६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण १२४ जनाको निधन भईसकेको छ । दुइ दिनमा थप तीन जनाकाे निधन भएकाे हाे । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ८ हजार ३ सय २ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार ८ सय २ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ३७७ संक्रमितमा हाेम आइसाेलेशनमा ३ सय ३७ जना आइसियू ० जना एचडियूमा २१ भेन्टिलेटरमा ० र आइसाेलेशनमा १८ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update