Erani Mahal
फोन पाठशालाको उपलब्धि र योजनाका विषयमा अन्तर सञ्जाल बैठक
photo for news
पाल्पा, जिल्लाका प्राथमिक तहका शिक्षकहरु बीचको अन्तर सञ्जाल अनलाईन बैठक आज सम्पन्न भएको छ । रुम टु रिड नेपाल र बेस नेपालको सहयोगमा जिल्लामा सञ्चालन भएको साक्षरता कार्यक्रम लागु भएका विद्यालयका शिक्षकहरुको अन्तर सञ्जाल बैठक सम्पन्न भएको हो । बैठकमा कोरोना माहारीका कारण विद्यालय बन्द भएपछि विद्यार्थीहरुको सिकाईमा आएको समस्या र विद्यालयले सञ्चालन गरेको गतिविधि साथै बैकल्पिक सिकाई सहजीकरण अन्र्तगत फोन पाठशालाको प्रभावकारिता र आगामी योजनाका विषयमा छलफल भएको थियो । छलफलमा वैकल्पिक सिकाई अन्र्तगत फोन पाठशालाले विद्यालय बन्द भएको अवस्थामा विद्यार्थीहरुको सिकाई क्षतीलाई जोगाएको छलफलमा सहभागी शिक्षकहरुले बताउनुभएको थियो । बैठकमा सहभागी पद्मपब्लिक माध्यमिक विद्यालय पाल्पाका शिक्षक इन्दिरा ज्ञवाली, शिक्षक कौशिला सारुले फोन पाठशाला जिल्लाका ग्रामीण भेगमा इन्टरनेट, टेलिभिजन भन्दा सरल र सहज भएको बताउनुभयो । अन्तर सञ्जाल बैठकमा ससहजीकरण गर्दै रुम टु रिड नेपालका साक्षरता कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले पाल्पा जिल्लामा फोन पाठशाला वैकल्पिक सिकाईको प्रभावकारी माध्यम सावित भएको बताउनुभयो । २ दिनसम्म चलेको अन्तर सञ्जाल बैठकमा फोन पाठशालाबाट प्राप्त उपलब्धिका बारेमा छलफल र समीक्षा भएको थियो भने शिक्षकहरुसंग छलफल गरी आगामी योजना समेत निर्माण गरिएको थियो । जिल्लाका ३६ जना शिक्षकहरुको सहभागीता रहेको बैठकको उद्घाटन बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले गर्नुभएको थियो भने, सञ्चालन साक्षरता कार्यक्रम संयोजक भुपाल आलेले गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update