Erani Mahal
लुम्बिनी मेडिकल कलेजमा सुत्केरीको मृत्यू : अस्पतालको लापरवाही कहिले सम्म ?
lmc-img-60-1
पाल्पा- पाल्पाको लुम्बिनी मेडिकल कलेजमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको अस्पतालको लापरवाहीको कारण मृत्यु भएको छ । रम्भा गाउँपालिका १, हुँगीकी २२ वर्षीय रिमा मश्राङ्गीको उपचारको क्रममा मंगलबार साँझा मृत्यु भएको हो । मृतक मश्राङ्गी मंगलबार प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । भर्ना भएकी उनले जीवित छोरालाई जन्म दिएकी थिइन । जन्म दिएकी उनको मृत्यु भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका थिए तर पछि अस्पताल प्रशासनले क्षतिपूर्ति दिने सर्तमा सहमति भएको छ । दिनभर लामो छलफल पछि मृतकका आफन्तले शव बुझ्ने तयारीमा छन् तर मेडिकल कलेजमा यस्ता घटना बारम्बार किन दोहोरिन्छन् त्यस विषयमा सरोकारवालाहरु मौन रहेका छन् । के डाक्टरको लापरवाहीबाटै यस्ता घटना हुन्छन कि दुर्घटनमा त्यो भने रहष्यको विषय रहेको छ । अस्पतालको लापरवाही र उपचार प्रक्रिया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडान लिएको अध्यक्ष भण्डारीले बताउनुभयो । अस्पतालले पटक पटक पटक यस्तो घटना दोहोर्याउने गरेको, घटना स्थल पुगेका विद्यार्थी नेता बलु गैरेले भन्नुभयो, उहाँले भन्नुभयो, पैसामा न्याय किन्ने काम भयो, त्यस्तो कार्य रोकिनु पर्दछ । अस्पताल प्रशासनले भने लास समेत परिवारलाई हेर्न नदिने र व्यवसायीक स्वार्थमा काम गर्ने गरेको गैरेको भनाई छ । अस्पताल प्रशासनले पीडित परिवारलाई ७ लाख दिने, मृतकका छोरालाई उच्च शिक्षासम्म अध्ययनका लागि सहयोग गर्ने,अस्पतालमा लागेको सम्पूणर् खर्च मिनाह गर्ने लगायतका सहमति भएको छ । अस्पतालले रम्भा गाउँपालिका अध्यक्ष भण्डारीको रोहबरमा परिवारसँग बसेर छलफल गरिरहेको थियो । मृतकको शव व्यवस्थापनको प्रक्रिया चलेको छ । अस्पतालमा आउने विरामीहरु अस्पतालको लापरवाहीले मर्ने तर क्षतिपूर्ति दिने काम भन्दा पनि सहि रुपमा उपचार पाउने वातावरण मिलाउन सरोकारवाला पक्षको ध्यान पुग्नु आवश्यक रहेको छ । यता अस्पतालले भने उपचारमा लापरवाही नभएको जनाएको छ । अस्पतालका अध्यक्ष गोपाल पोखरेलले अस्पतालको कुनै पनि लापरवाही नभएको र उपचार गर्दागर्दै महिलाको ज्यान जान पुगेको बताउनुभयो । महिलाको पाठेघरको अपरेसन गर्नु पर्ने अवस्था आएपछि परिवारकै सल्लाहामा शल्यक्रिया गर्दा उनको मृत्यु भएको अस्पतालको भनाई छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update