Erani Mahal
पाल्पाकाे चर्चरेमा ट्रक दुर्घटना : दुई गम्भीर सहित तीन घाइते
accident
पाल्पा – जिल्लाको तिनाउ गाउँपालिका–५, चर्चरेमा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । लु २ ख ४४९९ नम्बरको ट्रक सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवल जाने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा नवलपरासी जिल्ला सुनवल नगरपालिका–९, बस्ने वर्ष ४३ का मोहन भट्टराई, बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने ३० वर्षका धिरज शाह र नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ९ बस्ने वर्ष ३८ का रामराज च्यामर घाइते हुनुभएको छ । [caption id="attachment_19723" align="alignnone" width="750"] प्रतिनिधि तस्विर । [/caption] घाइतेमध्ये भट्टराई र च्यामरको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । घाइते तीनै जनाको उपचार तानसेनप्रभासस्थित लुम्विनी मेडिकल कलेजमा भईरहेको छ । अत्याधिक गतिका कारण बुधबार बेलुकी सवार ४ बजेतिर ट्रक सडकदेखि ८० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update