Erani Mahal
गुल्मी दुर्घटना अपडेट : तीन यात्रुकाे घटनास्थलमै मृत्यु, ८ जना गम्भीर घाइते
DDD
गुल्मी- जिल्लाकाे मुसिकोट नगरपलिका वडा नं. ४ दोभान देखि करिब ३ किलो मिटर तम्घास जाने बाटोमा लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ भने ८ जना गम्भीर घाइते भएका छन् । शान्तिपुर देखि तम्घासका लागि छुटेको करिब ११ बजे दुर्घटना भएको स्थानिय बासिन्दाले बताएका छन् । ११ जना सवारी बोकेर तम्घास तर्फ गैइरहेको जिप दुर्घटना हुँदा घटना स्थलमै तीन जनाकाे मृत्यु भएकाे हाे । ८ जना गम्भीर घाइते रहेकाे प्रहरीले जनाएकाे छ । घाइतेलाइ जिल्ला अस्पताल तर्फ लगिदै छ । एक जना बच्चा बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ । घटनाको पूरा विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update