Erani Mahal
गुल्मीमा जिप दुर्घटना : तीन जनाकाे मृत्यु
accedent jeep
गुल्मी - जिल्लाकाे मुसिकाेट नगरपालिकामा जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । बुधबार मध्याह्न १२ बजेतिर मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी घटनास्थलमै ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले मृतकको सनाखत हुन नसकेकाे बताउनुभयाे । गुल्मीको शान्तिपुरबाट यात्रु लिएर सदरमुकाम तम्घास आउँदै गरेको जिप दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरूकाे उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update