Erani Mahal
रामपुरका शिक्षकलाई खोप लगाउन शिक्षक संघको माग
vvv
पाल्पा - नेपाल शिक्षक संघ रामपुरले कोरोना भाइरसबाट बच्ने एक मात्र उपाय कोरोना भाइरस विरुद्धको खोप शिक्षकलाई लगाउन माग गरेको छ । कोरोना संक्रमणको जटिल अबस्थामा छिमेकी पालिका र जिल्लामा शिक्षकलाई खोप लगाइसकेको भएपनि रामपुर नगरपालिकाका शिक्षकलाई बेवास्ता गरेको भन्दै कोरोना संक्रमण विरुद्धको खोपमा शिक्षकलाई प्राथमिकतामा पार्न ध्यानाकर्षण सहितको पत्र मंगलबार रामपुर नगरपालिका शिक्षा शाखामा बुझाएका छन् । शैक्षिक सत्र शुरु भएको लामो समय भइसकेपनि अनलाइनमा पढाउनुपर्ने र अनलाइन कक्षा समेत नेपालको परिस्थितिमा विद्यार्थीको पहुच बाहिर हुँदा चाहेर पनि भौतिक उपस्थितिमा पठनपाठन गर्न सम्भब नभइरहदा कोभिडबाट सुरक्षित रहने एकमात्र बिकल्प खोपबाट हजारौ विद्यार्थी र अभिभावकको समन्वयमा रहनुपर्ने शिक्षकहरु खोपको प्राथमिकतामा नपर्नु बिडम्बना हो ज्ञापन पत्रमा भनिएको छ । यस अघि शिक्षकलाई खोप लगाउने भनि २ पटक सम्म झुक्याउनु र स्वास्थ्य कार्यालय पाल्पाको साउन १ गतेको सुचनामा खोप दिने भनेर उल्लेख गरेको भएपनि खोप नपाउनु, शिक्षा जस्तो संबेदनशिल क्षेत्रलाई बुदा नम्बर ३ मा राखेर वेवास्ता गरिनु र पुनः अहिले शिक्षकलाई खोप दिने सुचना अनिवार्य लागू गर्नु खबरदारी गर्दछौ नेपाल शिक्षक संघ रामपुरका अध्यक्ष लेखनाथ रेग्मी र सचिव डोलराज रेग्मीद्दारा हस्ताक्षरित पत्रमा भनिएको छ । रामपुर नगरपालिका र स्वास्थ्य शाखालाई बोधार्थ दिदै नगरपालिकाको शिक्षा शाखा प्रमुख बिकल काफ्लेलाई हस्तान्तरण गरिएको ज्ञापन पत्रमा रामपुर नगरपालिका भित्रका सम्पुर्ण शिक्षकहरुलाई पुर्ण डोजको खोपको तुरुन्त व्यबस्था गरि शिक्षकको मनोबल उच्च बनाई हजारौं विद्यार्थीको पठनपाठन कार्यलाई थप सहज बनाउन जोडदार माग सहित खबरदारी गर्दछौं भनिएको छ । अध्यक्ष नेपाल शिक्षक संघ रामपुरका अध्यक्ष लेखनाथ रेग्मीको अध्यक्षतामा भएको ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा नेपाल शिक्षक महासंघ रामपुरका अध्यक्ष टंकनाथ पाेख्रेलको समेत सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन नेपाल शिक्षक संघ रामपुरका सचिब डाेलराज रेग्मीले गर्नुभएको शिक्षक दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update