Erani Mahal
पाल्पामा मंगलवार ४३ जना काेराेना संक्रमित थप ५३ जना निकाे
corona-gg
पाल्पा – पाल्पामा मंगलवार ४३ जना काेराेना संक्रमित थप भएका छन् । जिल्लामा काेराेनाकाे संक्रमण दर भने घट्न सकेकाे छैन । मंगलवार पिसिआर परीक्षणमा १६ र एन्टिजिनकाे परीक्षणमा भने २७ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । ८८ जनाको एनटिजीनमा २७ र ३३ पिसिआर परीक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । ४३ सङ्क्रमित हुँदा ५३ जना निको भएका छन् । पाल्पामा हाल ३११ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण १२१ जनाको निधन भईसकेको छ । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ८ हजार ८६ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार ७ सय ७३ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ३११ संक्रमितमा हाेम आइसाेलेशनमा २ सय ७१ जना आइसियू ० जना एचडियूमा २३ भेन्टिलेटरमा ० र आइसाेलेशनमा १७ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update