Erani Mahal
निस्दीको पर्यटकीय क्षेत्र लेकडाँडामा भवन निर्माण हुने
lekdanda (1)
पाल्पा-निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाको पर्यटकीय क्षेत्र लेकडाँडामा भवन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा बन्ने ट्रस भवनको लागत १२ लाख रहेको प्रदेश संसद युवराज खनालले बताउनु भएको छ । त्यसैगरी लुम्बिनी प्रदेश सरकारकै सहयोगमा १० लाख बराबरको पर्यटन पूर्वाधार अन्तर्गत विश्राम स्थल,वनभोज स्थल निर्माणकार्य हुने अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनु भएको छ । निस्दी गाउँपालिकाले यस वर्ष मोटरबाटो निर्माण तथा सुधारका लागि १० लाख रुपैयाँ समेत विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका वडाध्यक्ष सुनारीले जानकारी गराउनु भयो । विगतमा गौचरनमा रुपमा प्रयोग गरिदै आएको लेकडाँडामा कबुलियती वनको अवधारणा पश्चात् दशै,तिहार लगायत बिदाको समयमा त्यस क्षेत्र र वरिपरिका पर्यटकहरुको भीड बढ्ने गर्दछ । गत वर्ष गाउँपालिकाको आर्थिक सहयोगमा ३ ओटा गोलोघर र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३ वटा पोखरी बने पछि हेर्न आउनेहरुको घुइँचो भएको हो । अर्चलेका सात्दोबाट,नारीभन्ज्याङ,अधमारा र धोबलाका विभिन्न १५ वटा कबुलियती वन उपसमूहहरुले यो वर्ष पनि अम्रिसोको बिरुवा लगाएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update