Erani Mahal
पाल्पाकाे अगाहाखाेलामा ट्रक र कार ठाेक्किदा चार जना घाइते
bus-accident
पाल्पा - माथागढी गाउँपालिका–१, अगाहाखोलामा मंगलबार बिहान नाैँ बजेतिर ट्रक र कार आपसमा ठोक्किदा चार जना घाइते भएका छन् । बुटवलबाट पोखरा जाँदै गरेको ना २ ख ८३९० नम्बरको ट्रक र बिपरीत दिशाबाट आउदै गरेको ग २ च २०९४ नम्बरको कार आपसमा ठोक्किदा चार जना घाइते भएका हुन् । दुर्घटनामा परी ट्रक सय मिटर तल खसेको थियो । घटनामा परी भारत मोतिहारपुरका ४० वषका जिपरुला अन्सारी गम्भीर घाइते हुनुभएको छ । यस्तै सोही स्थानकै ३९ वर्षका नजिर अन्सारी, २९ वर्षका गुल्सन अन्सारी, १५ वर्षका मिराज अन्सारी घाइते हुनुभएको छ । घाइतेहरु सबैको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update