Erani Mahal
पार्टी एकताका लागि माधव नेपाल लगायतलाई धेरै कुर्न सकिदैंन : एमाले नेता ज्ञवाली
Pradeep Gyawali ph 2
पाल्पा – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पार्टी प्रवक्ता प्रदिपकुमार ज्ञवालीले पार्टी एकताका लागि माधव नेपाल पक्षलाई अब धेरै कुर्न नसकिने बताउनुभएको छ । पाल्पाको तानसेनमा सोमबार भएको अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले एक साताभन्दा धेरै माधव नेपालहरुलाई कुर्न नसकिने बताउनुभयो । नेता ज्ञवालीले पार्टी एकताको छिनोफानो छिटो लगाउनुपर्नेमा जोड दिनुभयो । ‘एक हप्ताभित्र पाटी एकताको टुङ्गो लागिसक्छ, ज्ञवालीले भन्नुभयो होइन भने माधव कमरेड लगायतलाई पार्टीमा आउन एकताको ढोका खुला राखेर अघि बढ्नुपर्छ, धेरै कुरेर बस्न सकिदैँन ।’ पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई टेकेर पाटी एकतामा जोड दिने ज्ञवालीले बताउनुभयो । उहाँले पार्टीमा फकिने दिन बरिष्ठ नेता माधव नेपाललाई पुरानै जिम्मेवारी दिने बताउँदै अब धेरै कुरेर बस्ने स्थिति नरहेको उल्लेख गर्नुभयो । [caption id="attachment_19695" align="alignnone" width="768"] तस्विर : कृष्ण पाेखरेलकाे सहयाेगमा । [/caption] बरिष्ठ नेता नेपाल लगायतले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउँदा पनि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकतामा भूमिका खेलेको स्मरण गर्नुहुँदै उहाँले एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ लाग्ने जिकिर गर्नुभयो । उहाँले बरिष्ठ नेता नेपालले बिधि र पद्धतिको कुरा गरेपनि उहाँले नै सबैभन्दा बढी विधि र पद्धति उल्लङ्घन आरोप नेता ज्ञवालीले लगाउनुभयो । पूर्व मन्त्री समेत रहनुभएका नेता ज्ञवालीले जनताको जनमत लिनु संविधान विपरीत, सर्वाेच्चका न्यायधीशबाट प्रधानमन्त्री नियुक्त हुने संविधान सम्मत भन्ने कुरा भ्रमपूर्ण रहेको जिकिर गर्नुभयो । ज्ञवालीले सर्वाेच्च अदालतले निर्यणले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ धकलेकाले त्यसलाई सच्याउन पार्टीले आन्दोलनका कार्यक्रम, भण्डाफोर, जनचेतनाका अभियान चलाउने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update