पाल्पा – जिल्लाको रामपुरस्थित एक होटलमा ११ वर्षीया बालिकामाथि बलात्कार भएको छ । तनहुँ जिल्ला घिरिङ् गाउँपालिकाका १७ वषीय किशोरले रामपुरकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
रामपुरस्थित होटलमा ११ वर्षकी बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा सोमबार बिहान बलात्कार कार्यमा संलग्न किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
किशोरलाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । घटना आइतबार साँझ भएकाे इलाका प्रहरी रामपुरले जनाएकाे छ ।
पछिल्लाे समय पाल्पामा जबर्जस्ती करणी गर्ने घटनामा बृद्धि भएकाे छ । निषेधाज्ञामा बालिकामाथि, बृद्धामाथि बलात्कारका घटनामा बृ्द्धि भएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८ २०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय