पाल्पा – पाल्पामा काेराेनाकाे संक्रमण फैलिदै गएकाे छ । साेमवार पिसिआर परीक्षणमा १० र एन्टिजिनकाे परीक्षणमा भने १५ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । १४४ जनाको एनटिजीन र पिसिआर परीक्षण गर्दा ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
२५ सङ्क्रमित हुँदा १११ जना निको भएका छन् । पाल्पामा हाल ३२४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो ।
पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११८ जनाको निधन भईसकेको छ ।
पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ८ हजार ८६ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार ७ सय २० पुगेकाे छ । पाल्पामा कुल सक्रिय ३२४ संक्रमितमा हाेम आइसाेलेशनमा २ सय ८० जना आइसियू १ जना एचडियूमा १४ भेन्टिलेटरमा १ र आइसाेलेशनमा २८ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८ १७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय