Erani Mahal
निस्दी गल्धामा बैकल्पिक शिक्षा प्रदान गर्न विद्यार्थीलाई सीम प्रदान
school
पाल्पा - सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धा,पाल्पामा वैकल्पिक शिक्षाको लागि विद्यार्थीहरुलाई मोबाइलको सीम सित्तैमा प्रदान गरेको छ । विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण भौतिक उपस्थितिमा पठनपाठन गर्न असहज भएकोले हालको अवस्थालाई फोनको माध्यमबाट सिकाइने विद्यालयका प्रधानाध्यापक सुशील ढकालले जानकारी दिनुभएको छ । शिक्षक,विद्यार्थी र अभिभावक विच सम्पर्क स्थपित गरि आफुलाई अस्पष्ट भएको कुरा शिक्षक मार्फत बुझ्न यो सीम प्रभावकारी हुने प्रधानाध्यापक ढकालले बताउनुभयो । जम्मा ३२० जना विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा हाललाई कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई एक घर एक सीमको अवधारणामा वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिपी ठाडाले बताउनुभयो । जस अन्तर्गत सेवा क्षेत्र भित्रका १८४ घरधुरीलाई प्रति घर एक सीम र १६ जना शिक्षकलाई गरि जम्मा २ सय वटा एनसेलको सीम सित्तैमा वितरण गरिएको हो । २०३१ सालमा स्थापना भएको उक्त विद्यालय आधुनिक सूचना प्रविधिको प्रयोग मार्फत वैकल्पिक विधि अन्तर्गत फोनको माध्यम अपनाउने निस्दी गाउँपालिकाको पहिलो र एक मात्र विद्यालय बनेको हो ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update