पाल्पा- पाल्पा जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञालाई प्रावधान (लुजडाउन गर्दै) खुकुलो बनाउँदै थप गर्ने निणर्य गरेको छ । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञाको म्याद भोली समापन हुँदैछ । त्यसलाई पुःन स्र्माट लकडाउनको मोडेलमा लुजडाउन गर्दै लगेको हो । जारी निषेधाज्ञा २१ गतेसम्मलाई थप गरिएको हो ।
आइतवार बसेको बैठकले यस अघि ५ बजेसम्म संचालन हुने सबैखालका पसलहरु ७ बजेसम्म खुल्ने, जोर विजोर प्रणालीबाट चल्ने सवारी पनि सबै दिन खुल्ने निणर्य गरेको हो ।
यस्तै सार्वजनिक कार्यालयहरु पनि नियमित सेवा दिनेछन्, बैंक तथा वित्तिय संस्थाहरु पनि खुल्ने भएका छन् ।
मठमन्दिर, जात्रा महोत्सव, शैक्षिक क्रियाकलाप, सभा, सेमिनार, गोष्ठी लगायतका कार्यक्रमहरु गर्न निषेध गरिएको छ । निषेधाज्ञा अवधिमा संस्कारजन्य कार्यक्रम गर्नको लागि १५ जना भन्दा बढी जम्मा हुन निषेध गरिएको छ ।
हेर्नुहोस् पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेद्वारा जारी गरिएको आदेशमा के गर्न हुने के गर्न नहेने आदेश सहित ः
आदेशहरु ः
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८ १८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय