Erani Mahal
भैसी किनेर फर्किदा वेहोस भई पाल्पामा एकजनाको मृत्यू
sab
पाल्पा– भैसी किनेर फर्किदा वेहोस भई पाल्पामा एकजनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ झिरुवास बस्ने ४८ वर्षका जीतबहादुर आलेको निधन भएको हो । अमिलेमा गएर भैसी किनेर फर्किने क्रममा दोवाटोमा चक्कर आएर वेहोस भएकोमा उनलाई आफ्नो श्रीमती र छोराले अस्पताल ल्याएका थिए । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि ल्याएकोमा शनिवार ८ बजे डाक्डरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डिएसपि रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update