Erani Mahal
विदेशमा ज्यान गुमाएका निस्दीका सुनारीकाे अन्त्येष्टि
death-sign
पाल्पा - निस्दी गाउँपालिका वडानम्बर ४ का विदेशमा ज्यान गुमाएका एक युवाको शनिबार शव ल्याएर अन्तिम संस्कार गरिएको छ । निस्दी ४ मित्याल मूढाबासका २२ बर्षका यमबहादुर सुनारीको मलेसियामा जुलाई १० तारिखमा हृदयघातका कारण ज्यान गएको थियो । शनिबार शव ल्याएर काठमाडौं पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको परिवारले जनाएको छ । ७ वर्ष अगाडी मलेसिया पुगेका सुनारी लामो समयदेखी परिवारको सम्पर्कमा नरहेको परिवारले जनाएको छ । सुनारी सहित मलेसियामा ज्यान गुमाएका २४ जनाको शव तथा ३ जनाको आज अस्तु नेपाल ल्याइएको थियो । [caption id="attachment_14862" align="alignnone" width="768"] -सांकेतिक तस्वीर[/caption]
प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update