Erani Mahal
पाल्पामा ६८ जनामा काेराेना  पाेजेटिभ देखियाे, संक्रमण दर बढ्दै !
corona-aspatal-palpa
पाल्पा – पाल्पामा काेराेनाकाे संक्रमण तीव्र रुपमा फैलिदै गएकाे छ । अहिले संक्रमण दर ५० प्रतिशतभन्दा बढी पुगेकाे हाे । शुक्रवार पिसिआर परीक्षणमा ६ र एन्टिजिनकाे परीक्षणमा भने ६२ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । २३१ जनाको एनटिजीन र पिसिआर परीक्षण गर्दा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । ६८ सङ्क्रमित हुँदा १५ जना निको भएका छन् । पाल्पामा हाल ३६८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११७ जनाको निधन भईसकेको छ । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ८ हजार ८६ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार ५ सय ४८ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ४२० संक्रमितमा हाेम आइसाेलेशनमा ३ सय ८२ जना आइसियू २ जना एचडियूमा १७ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १८ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update