Erani Mahal
रामपुर प्रहरीमा डिएसपीकाे दरबन्दीको माग गर्दै टोली गृहमन्त्रीसंग
tr
पाल्पा - शहर उन्मुख रामपुरमा थप शान्ति सुरक्षा र जनशक्ति थपको लागि पाल्पाको एक टोलीले गृहमन्त्री संग भेट गरेको छ । सरकार परिवर्तन भएर नया मन्त्री आएसंगै जिल्लाको टोली मन्त्रालयमा पुगेर गृहमन्त्री बालकृष्ण खाण संग रामपुरको विकास र इलाका प्रहरी कार्यालय रामपुरमा डिएसपी दरबन्दीको लागि माग गरेको हो । २०१६ साल भदौ ७ गते स्थापना भएको प्रहरी थाना (इलाका प्रहरी कार्यालय) रामपुरमा हाल प्रहरी निरीक्षकको नेतृत्वमा ३२ जनाको दरबन्दी छ । सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर पुर्व रहेको रामपुर ४ जिल्लाको संगम केन्द्र पनि हो । इलाका प्रहरी कार्यालय रामपुरको सेवा क्षेत्र मित्याल हुगी, केलादी र जब्गादीमा प्रहरी चौकी भएपनि इलाका नै रहोबरमा रहेर हेर्नुपर्छ । इलाका प्रहरी कार्यालयमा रहेका जनशक्ती व्यस्त रामपुर बजार, गस्ती, कार्यालय र बिदामा रहने हो भने अत्यन्तै कम हुने र यसले चुस्त सेवा र शान्ती सुरक्षा दिनमा निकै कम हुने बहस पहिल्यै देखि उठिरहेको छ । रामपुरमा डिएसपी दरबन्दीको लागि झण्डै दशकदेखी कुरा उठिरहेको स्थानीय देबराज ढकालले बताउनुभयो । भौगोलिक अबस्था र बढ्दो शहरीकरणका कारण बिगतमा रामपुर पुग्ने उच्च पदस्त कर्मचारी, मन्त्री तथा नेताहरु, प्रमुख जिल्ला अधिकारी मार्फत दरबन्दी थपको लागि कुरा हुँदै आएको ढकालले बताउनुभयो । बिहिबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा सहित पाल्पाका प्रदेश सांसद वीर बहादुर राना, युवा नेता हिमालदत्त श्रेष्ठ सहितको एक टोलीले समग्र पाल्पाको विकास र संभावना बारे मन्त्री खाणलाई जानकारी गराएको हो । नगर प्रमुख रमण बहादुर थापाद्दारा हस्ताक्षरित पत्र गृहमन्त्री खाणलाई हस्तान्तरण गर्दै रामपुरमा अत्यावश्यक डिएसपी दरबन्दी कायमको लागि ध्यानाकर्षण गराउनुभएको थापाले बताउनुभयो । "यसको लागि मन्त्री ज्यु गम्भीर भएर यसबारे बैठकमा बिषय लाने आश्वासन दिनुभएको छ" थापाले भन्नुभयो । रामपुर क्षेत्र भिन्न प्रदेश र जिल्लाको सिमानाले जोखिम र सुरक्षाको दृष्टिकोणले संबेदनशिल रहेको र हालको सुरक्षाकर्मी न्यून हुदा सेवा दिन कठिनाई परेको पत्रमा उल्लेख गर्दै इलाका प्रहरी कार्यालय रामपुरमा डीएसपी दरबन्दी कायम गरि दरबन्दी थप गर्न आग्रह गरिएको छ । यसैबिचमा थापाले रामपुर क्षेत्रमा इलाका प्रशासन कार्यालयमा लामो समय प्रमुख बिहिन हुने, छिटो सरुवा हुदा स्थानियले भोग्नुपरेको समस्या लगायतका बिषयमा मन्त्री समक्ष कुरा राख्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update