Erani Mahal
पाल्पाकाे ठिमुरेमा एक जना पुरूष मृत अवस्थामा फेला
dead_Body
पाल्पा – जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. ६ ठिमुरेका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । ठिमुरेका ३५ वर्षीय चिरन्जीवि राना रक्सी पार्ने गैराको खोल्सामा शुक्रबार बिहान साढे ६ बजे मृत फेला परेको प्रहरीले जनाएको छ । राना बिहीबार दिउँशो साढे २ बजेतिर सोत्तर लिन भनी घरबाट जंगलतर्फ लागेको तर घर नफर्किए पछि खोजी कार्य जारी राखिएको थियो । खोजि गर्दै जाने क्रममा शुक्रबार राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । उहाँले घटनाका बारेमा थप अनुसन्धान कार्य भईरहेको बताउनुभयो । रानाकाे भीरबाट लडेर मृत्यु भएकाे हुन सक्ने प्रहरी र स्थानीयले अनुमान लगाएका छन् । [caption id="attachment_14862" align="alignnone" width="768"] -सांकेतिक तस्वीर[/caption]
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update