Erani Mahal
रामपुरमा तीन महिना पछि जिल्लाबाटै अधिकृत खटाइयाे : हप्तामा २ दिन काम हुने !
rampur
पाल्पा-कार्यालय प्रमुख बिहिन भएको इलाका प्रशासन कार्यालय रामपुरबाट जिल्ला प्रशासन कार्यालयको टोलीले सेवा दिन शुरु गरेको छ । मन्त्रालयले सरुवा गरि खटाएका कर्मचारी हाजिर हुन नआएपछि बिगत ३ महिनादेखि कार्यालय प्रमुख बिहिन बनेको इलाका प्रशासन कार्यालयमा बिहिबारदेखि जिल्लाको टिमले सेवा दिन थालेको हो । खटाएको कर्मचारीको अटेरीले जिल्ला प्रशासन कार्यालय माथि धोका त भयो जिल्लाका पुर्वी भेगका नागरिक माथि पनि धोका भएपछि हामीले अर्को व्यबस्था नहुदा सम्म जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा टोली खटाएर काम थालेका छौ पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले भन्नुभयो । बिहिबार र शुक्रबार रामपुर बसेर काम गर्ने गरि जिल्ला प्रशासनबाट आउनुभएका प्रशासकीय अधिकृत रमा श्रेष्ठले पहिलो दिन राम्रै संख्यामा सेवाग्राही आउनुभएको बताउनुभयो । पहिलो दिन १८ वटा नयाँ नागरिकता जारी गरिएको र ७ वटा प्रतिलिपी दिएको बताउनुभयो । जागिर खान, बिदेश जान, घरायसी बिभिन्न अबस्थाले गर्दा तत्काल नागरिकता चाहिनेहरुलाई धेरै राहत मिलेको उहाँले बताउनुभयो । उमेर पुगेर नागरिकता बनाउनेहरु पनि सेवा निरन्तर नहुदा पटक-पटक सोध्ने खोज्ने गरेका भेटिए श्रेष्ठले भन्नुभयो- यही सेवा लिन तानसेन जान पनि नागरिकलाई बर्खामा सहज छैन, हप्ता- हप्तामा आएर सेवा दिदा पनि ठूलो राहत मिल्छ । साथै कार्यालयबाट आजै एउटा द्रुत राहदानी सिफारिस सेवा समेत दिएको छ। बिगत ३ महिना यता कार्यालय प्रमुख बिहिन हुँदा इलाका प्रशासन कार्यालयका कर्मचारीले जिल्ला प्रशासनमा जान सल्लाह दिदै आएका थिए । नागरिकता, सिफारिस, प्रमाणित जस्ता अत्यावश्यक परेका नागरिक जिल्ला सदरमुकाम पुग्ने गरेका थिए । केही दिन यता आउने सेवाग्राहीको कागजपत्र संकलन गरि टोली आएका बेला आउन सुझाएर पठाएको इलाका प्रशासन कार्यालयका खरिदार आशिष श्रेष्ठले बताउनुभयो । लामो समय देखि सेवा नदिएको अबस्थामा बिहिबार आउदा कतिपय अझै खबर नभएको हुनसक्छ श्रेष्ठले भन्नुभयो । नागरिकताको हकमा यहीबाट सेवा दिनुपर्ने हुदा साप्ताहिक सेवा दिने गरि जिल्लाले व्यबस्था गरेको हो । गत चैत्र २७ मा कार्यालय प्रमुख इश्वरचन्द्र अर्याल सरुवा भए संगै इलाका प्रशासन कार्यालय रामपुर प्रमुख बिहिन बनेको हो । प्रमुख नहुँदा नागरिकता, द्रुत गतिको राहदानी सिफारिस, आदिबासी जनजाति प्रमाणित, दलित प्रमाणित नाबालक परिचय पत्र, संस्था नवीकरण लगायतका सेवा रोकिएका थिए । अन्य सिफारिस जिल्लाबाटै दिइएपनि नागरिकताको हकमा ढड्डा अभिलेखले गर्दा रामपुर कार्यालय बाट दिनुपर्ने हुन्छ । रामपुर नगरपालिकाको सबै वडा, निस्दीको १,२,३,४,५ र ६ साथै पुर्वखोलाको १ सिलुवाका नागरिकलाई इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने गर्दछ । सम्बन्धित खबर तीन महिनादेखि कार्यालय प्रमुख विहीन रामपुर इलाका प्रशासन, सेवाग्राहीलाई सास्ती
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update