X
1405
Shares

पाल्पामा नाैँ वर्षदेखिकाे समस्या समाधान : अबदेखि घण्टाैँ विद्युत अबराेध नहुने

रानीमहल संवाददाता || ७ श्रावण २०७८,बिहीबार १६:५९

पाल्पा – पाल्पामा विगत नौँ वर्षदेखि घण्टौँ विद्युत् अबरोध हुने समस्या समाधान भएको छ । स्याङ्जा जिल्लाको गल्याङ्स्थित आधीखोला पावर कम्पनी हाउसबाट विद्युत् सप्लाई गरेपछि पाल्पामा घण्टौ विद्युत् अबरोध हुने समस्या समाधान भएको हो ।

पाल्पाका लागि बुटवल पावर कम्पनीबाट सप्लाई हुँदै आएको विद्युत् लाईन भौगोलिक समस्याले गर्दा बिग्रिएपछि एक सातासम्म पाल्पामा विद्युत् अबरोध हुँदै आएको छ । बुटवलबाट पाल्पातर्फ आएको विद्युत् लाइन प्राविधिक समस्या भए बनाउन र फल्ट पत्ता लगाउन घण्टौँ लाग्ने गरेको थियो तर अबदेखि भने लामो समय विद्यत् अबरोध नहुने नेपाल विद्युत् प्राधिरकण पाल्पा वितरण केन्द्रले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

गल्याङ्बाट विद्युत् सप्लाई गरेपछि लामो समय विद्युत् अबरोध नहुर्ने नेपाल विद्यत् प्राधिकरण पाल्पा वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले बताउनुभयो । ‘बुटवलदेखि पाल्पासम्म ४० किलोमिटर लामो विद्युत् सप्लाईमा पटक–पटक समस्या देखिने गरेपनि तत्कालै समाधान गर्न नसक्दा पाल्पाका उपभोक्तालाई समस्या थियो केन्द्रका प्रमुख पौडेलले भन्नुभयो अबदेखि घण्टौँ विद्युत् अबरोध हुँदैन । उहाँले विद्युत् अबरोध हटाउन सफल भएकोमा पाल्पाका सांसद नारायण आचार्य, प्रजिअ पाण्डेय, कार्यालयका कर्मचारी, उपभाेक्ता सबैलाई धन्यवाद दिनुभयो । गत असार २३ गते पाल्पामा विद्युत अबराेध भएपछि सांसद आचार्य सहित प्रजिअ पाण्डेय, विद्युत कार्यालयका प्रमुख पाैडेललगायतले विकल्पकाे बारेमा खाेजी गरेकाे थियाे ।

गल्याङ् आधीखोला पावर कम्पनीसँग चार बुँदे सहमतिपछि पाल्पामा विद्युत् सुचारु गर्ने सहमति भएको छ । दश वर्षअघि पनि पाल्पाका लागि गल्याङ्बाट विद्युत् ल्याइएको थियो तर आधीखोला पावर कम्पनीको स्तरउन्नतिका लागि त्यस स्थानबाट पाल्पातर्फको सप्लाई विच्छेद गरिएको थियो । अहिले नौ दश वर्षअघि विच्छेद गरेको विद्युत् सप्लाईलाई बनाएर पाल्पासहित तीन जिल्लामा घण्टौ विद्युत् अबरोध हुने समस्या समाधान गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो ।

विद्युत् नियमित नहुँदा कार्यालयको दैनिक कामकाजमा समेत समस्या भएको र अबदेखि पाल्पा लगायत तीन जिल्लामा लामो समय विद्युत् अबरोध नहुने वातावरण बनेको प्रजिअ पाण्डेयले बताउनुभयो । पाल्पामा गत असार २३ गते आएको वर्षात्ले बाढी पहिरो गएर बुटवल–पाल्पा विद्युत् सप्लाईमा अबरोध आएपछि वैकल्पिक माध्यम्को खोजि गरिएको पाण्डेयको भनाई छ ।

गल्याङ्बाट जोडिएको लाइनको परीक्षण सप्लाई समेत सफल भएको विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ । पाल्पामा लामो समय विद्युत् अबरोध नभएपछि तानसेनमा नियमित पानी नआउने समस्या समाधान हुनेछ । यस्तै यहाँका साना तथा ठूलो घरेलु उद्योग समेत नियमित सञ्चालन हुने पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य डा. पुरनमान बज्राचार्य, जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख मीरा मरासिनी, पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानालगायतले पाल्पाको विद्युत् समस्या समाधान गरेकोमा सबैलाई धन्यवाद दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys