पाल्पा – पाल्पामा काेराेनाकाे विहिवार पिसिआर परीक्षण शुन्य भएकाे छ । पिसिआर परीक्षण जिल्लामा पछिल्लाे समयमा न्यून हुँदै गएकाे छ । एन्टिजिनकाे परीक्षणमा भने २१ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । ७१ जनाको एनटिजीन परीक्षण गर्दा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
२१ सङ्क्रमित हुँदा ३५ जना निको भएका छन् । पाल्पामा हाल ३६८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो ।
पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११७ जनाको निधन भईसकेको छ ।
पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ९ सय २ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार ५ सय ३३ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ३६८ संक्रमितमा हाेम आइसाेलेशनमा ३ सय ३९ जना आइसियू २ जना एचडियूमा १३ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १३ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८ १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय