Erani Mahal
समुदाय स्तरमा काेराेना देखिएपछि रामपुरकाे बोटेगाउँ एक हप्ता शिल !
218844621_182151247302509_6173999160209544860_n
पाल्पा- कोरोना संक्रमणको लक्षण गाउँमा देखिएपछि गरेको कोरोना परिक्षणमा धेरैमा पोजेटिभ देखिएपछि रामपुर ३ बोटेगाउँ क्षेत्र शिल गरिएको छ । गाउमा ज्वरो आउने रुघा लाग्ने र केही बिरामीको निधन भएका घर परिवारका सदस्यको कोरोना परिक्षण गरिएको थियो । बोटेगाउमा बिहिबार गरिएको ५० जनाको परिक्षणमा २० जनामा पोजेटिभ देखिएको छ भने ३० जनाको रिपोर्ट नेगेटिभ आएको थियो । रामपुर नगरपालिका वडा नम्बर ३ कोभिड१९ रोकथाम नियन्त्रण व्यबस्थापन सहजीकरण समन्वय समितिका अध्यक्ष तथा वडा अध्यक्ष दिनेश कुमार खनालको अध्यक्षतामा बसेको भेलाले कोरोना संक्रमण फैलन सक्ने संभावना र सुरक्षित उपायको लागि साउन ७ गते राती १२ बजेदेखी साउन १४ गते राती १२ बजेसम्मका लागि पुर्ण रुपमा शिल गर्ने निर्णय गरेको हो । गत साउन ४ गते कोरोना पोजेटिभ भएका एकैगाउका २ जनाको मृत्यु भएपछि स्थानीयको आग्रहमा स्वास्थ्यकर्मी गएर गाउमा एन्टिजेन परिक्षण गरेको हो । गाउघरमा कोरोना संक्रमणको लक्षण देखिएका धेरै छन् परिक्षण गर्न कतिपय अस्पताल जान टोलमा आउनै मान्दैनन् वडाध्यक्ष खनालले भन्नुभयो । बेलैमा उपचार गरे कोरोनालाई जित्न सकिन्छ । कोरोना पोजेटिभ देखिएका २ जनाको ज्यान गएपछि उनीहरुको परिवारका सदस्य र छिमेकमा परिक्षण गरि सतर्क रहनुपर्छ भनेर ५० जनाको परिक्षण गर्ने स्वास्थ्यकर्मीको व्यबस्था गरेर खटाएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले बताउनुभयो । नगरपालिकाले परिक्षण गर्ने वडा र गाउमा शंका लागेका बिरामीले अनिवार्य एन्टिजेन गरि सघाउन उहाँले अनुरोध गर्नुभयो । कोरोना पोजेटिभ देखिएकाहरु अहिले होम आइसोलेसनमा रहनुभएको छ । एकहप्ता शिल गरिएको क्षेत्रमा वडा अध्यक्ष, स्वास्थ्यकर्मीको रहोबरमा समिति निर्माण गरेर शिललाई पुर्ण कार्यान्वयन गराउने स्थानीय खगेश्वर बोटेले जानकारी दिनुभयो । यही हप्ता बोटेगाउकी २ जिउ कि २९ बर्षे महिलाको बुटवलमा र लुम्बिनी मेडिकल कलेजमा पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका ४९ बर्षका पुरुषको ज्यान गएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update