Erani Mahal
रिब्दीकोट गाउँपालिकामा विपि र पुष्पलालको सुंयुक्त स्मृति सभा
ribdikot
नवराज ज्ञवाली पाल्पा– जिल्लाको रिब्दीकोट गाउँपालिकाले कम्यूनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल र लोकतान्त्रिक आन्दोलनका संस्थापक विपि कोइरालाको स्मृति सभा संयुक्त रुपमा मनाएको छ । नेपालको राजनीतिक आन्दोलनका महाननेताहरु भएकाले दुवैको संयुक्त रुपमा सभा गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । अध्यक्ष जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनालले लोकतान्त्रिक र कम्यूनिष्ट आन्दोलनमा विपि र पुष्पलालको योगदान कसैले भुल्न नहुने भन्दै उहाँहरुको विचार अहिले पनि सान्दर्भिक र महान रहेकोले सबैले पालना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पुष्पलाल सम्बन्धि नेता चिरिन्जीवि पोखरेलले र विपि सम्बन्धि रामचन्द्र पाण्डेयले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा नेकपा माओवादीका मेघराज आचार्य र काँग्रेसका नेता माधव आचार्यले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको साथमा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update