Erani Mahal
तीन महिनादेखि कार्यालय प्रमुख विहीन रामपुर इलाका प्रशासन, सेवाग्राहीलाई सास्ती
rampur
पाल्पा - सदरमुकाम देखि झन्डै ६५ किलोमिटर पुर्व रामपुरमा रहेको इलाका प्रशासन कार्यालय बिगत ३ महिनादेखि कार्यालय प्रमुख बिहीन हुँदा पुर्वी पाल्पाका नागरिकले सास्ती व्यहोर्न बाध्य छन् । कार्यालय दिदै आएको नागरिकता, द्रुत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेन जान बाध्य छन्। भने कतिपय बर्खाको समयमा न जिल्ला पुग्न सकिने न बनाउन नै पछि बनाउला भनेर थन्किएका छन् । गत चैत १६ गते प्रशासनमा कार्यालय प्रमुखको सरुवा भएको थियो । सरुवा पश्चात् चैत २७ गते तत्कालिन कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको हो । अहिले तत्काल चाहिने कागजपत्र बनाउन नागरिक सदरमुकाम पुग्न बाध्य छन् । बर्खाको समय सदरमुकाम पुग्न र काम गरेर फर्कन ३ दिन समेत लागेको गाडाकोटकी सविता मगरले बताउनुभयो । एकातर्फ समय खर्चेर जान र अर्कोतर्फ बर्खामा महङ्गो सवारीमा जान आनुनपर्ने गएर होटेल बसेर काम गर्नुपर्ने बाध्यता कार्यालय प्रमुख नभएकै कारण भोग्न बाध्य छन् । इलाका प्रशासन कार्यालय रामपुर कार्यालय प्रमुख बिहिन हुनु नौलो होइन । प्रमुख सरुवा प्रक्रियामा पटक - पटक कार्यालय प्रमुख बिहिन बन्दै आएको प्रशासनमा जिल्ला प्रशासन कार्यालयले हप्तामा २ दिन जिल्लाबाट आएर काम गर्थ्यो तर यसपटक त्यो पनि हुन सकेन । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले निषेधाज्ञाका कारण कार्यालयबाट काम गर्न नसकिएको र अब छिट्टै गर्ने बताउनुभयो । चैत १६ गते मन्त्रालयले पठाएको कर्मचारीले धोका दिएको पाण्डेको भनाई छ । यो हप्ता अर्को हप्ता जान्छु भन्ने तर नजादा जनताले दुख पाए पाण्डेले भन्नुभयो- जिल्ला भित्रै भएपनि पछिल्लो समय ती कर्मचारीले मेरो फोन समेत उठाउदैनन् । प्रशासन र नागरिकलाई झुलाउनु साटो कि जान्न भन्नुपर्थ्यो कि जान्छु भनेपछी जानुपर्ने हो उहाँले थप्नुभयो- तत्कालका लागि २/४ महिना अहिले जानुहोस् पछि अर्को ठाउमा जान सकिन्छ भन्दा पनि खटाएको कर्मचारी अटेर भएको उहाँको भन्नाई छ । मन्त्रालयको २०७७/१२/१६ को पत्र अनुसार हाल निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्याललाई इलाका प्रशासन कार्यालय रामपुरको प्रमुखको रुपमा खटाएको थियो । कोभिडको समय अर्कोतर्फ असार मसान्तको पालिकाको कामले अफ्ठेरो भएको अर्यालको भनाई छ । कर्मचारी समस्याका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय तथा गृह मन्त्रालयमा पनि जानकारी गराइसकिएको पाण्डेयले बताउनुभयो । संघीयताले गाउँ गाउमा सिंहदरवार ल्याएको बहस चलेपनि यहाँका नागरिक जिल्ला सदरमुकाम सेवा लिन जानुपर्ने बाध्यता छ । कार्यालयमा प्रमुख तोकेको लामो समय भैसक्दा पनि अहिलेसम्म आइपुगेका छैनन् । भने अर्को व्यबस्था पनि गर्न सकेको छैन । कार्यालय प्रमुख कहिले आउने भन्ने बारेमा केही जानकारी नभएको कार्यालयका खरिदार आशिष श्रेष्ठले बताउनुभयो । चैत अन्तिम सातादेखि आउने सेवाग्राहीलाई फर्काएका छौ । जिल्ला जान सल्लाह दिएका छौं कतिपय जिल्ला जाने भनेर जानुहुन्थ्यो कतिपय पछि होला नि भन्नुहुन्थ्यो श्रेष्ठले भन्नुभयो । इलाका प्रशासन कार्यालयमा सामान्यतया दैनिक २०/२५ जना कामको लागि आउने गरेको श्रेष्ठले बताउनुभयो । प्रमुख आउने जानकारी नभएपछि नागरिकको कागजपत्र राखेनौ अब जिल्ला प्रशासनबाट समय मिलाएर सेवा दिने भन्नुभएको छ १/२ दिन यता आउनेको बटुलेर राखेका छौं श्रेष्ठले भन्नुभयो । अहिले पनि दैनिक ८/९ जना आउनुहुन्छ । गत आर्थिक वर्षको कारोबार जिल्ला प्रशासन कार्यालयको कर्मचारी आएर गरेका छन् । कार्यालयमा अन्य कर्मचारी छन् आर्थिक डकुमेन्ट समयमा गर्नु पर्यो त्यो व्यबस्था यहीको कर्मचारी गएर गरेको हो प्रजिअ पाण्डेले भन्नुभयो- फेरि हप्तामा १ पटक सेवा दिने तयारीमा छौ । प्रशासन कार्यालय प्रमुख नहुँदा बिगतमा मङ्गलवार र बुधवार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर नागरिकता, द्रुत राहदानी सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणलगायतका सेवा दिने गरेको थियो । इलाका प्रशासन कार्यालय रामपुरबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवा सेवा क्षेत्र तोकिएको छ । प्रशासन कार्यालयमा हाल ८ जनाको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख , नायब सुब्बा, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सह-लेखापाल र कार्यालय सहयोगी दुई जनाको दरबन्दी छ । हाल यस कार्यालयमा स्थायी दरबन्दीमा एक खरिदार, करारमा एक कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगी छन् भने सह–लेखापालको काम हाल मालपोत कार्यालय रामपुरका कर्मचारी सुरेशप्रसाद गैरेले गर्दै आउनुभएको छ । गत फागुन ७ गते सह - लेखापाल श्रीकृष्ण न्यौपानेको सरुवा भएपछि मालपोत कार्यालयका कर्मचारीले फागुन २० गतेदेखि मालपोत र इलाका प्रशासन कार्यालयमा दुबैको काम गरेका छन्।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update