Erani Mahal
पाल्पा–बुटवल विद्युत समस्या समाधान : गल्याङ्बाट लाइन जोडियो !
bidut nisdi
पाल्पा– पाल्पा– बुटवलको प्रशारण लाइन विद्युत समस्या समाधान गर्नको लागि बैकल्पिक प्रशारण लाइन गल्याङ्बाट लाइन जोडिएको छ । वर्षात वा हिउँदो १२ मास नै समस्या आउने दोभान क्षेत्रको जंगलको लाइनका कारण पाल्पाका विद्युत उपभोक्ताहरु हैरानी परेका थिए । पटक पटक लाइन जाने र जहिले पनि बुटवलबाट गएको भन्नुपर्ने अवस्था अब नआउने विद्युत कार्यालय पाल्पाले जनाएको छ । लामो जंगल क्षेत्रबाट तार ल्याउनुपर्ने हुँदा पाल्पामा विद्युत समस्या हुँदै गएको थियो । अब गल्याङ्बाट लाइन जोडिएपछि त्यो समस्या समाधान हुने विश्वास छ । पहिले पाल्पा बुटवल क्षेत्रको जंगलमा समस्या भएमा गल्याङ्बाट लाइन ल्याउने गरिएको थियो तर पछिल्लो एक दशक यता यो संचालनमा रहेको थिएन । त्यसले गर्दा पाल्पामा विद्युतको समस्या पटक पटक हुने गरेको थियो । अहिले प्राधिकरण र सरोकारवालाको समन्वयमा गल्याङ्बाट लाइन ल्याउने काम सम्पन्न भएको हो ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update