पाल्पा – पाल्पामा बुधवार ६१ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । ९७ जनाको पीसीआर गर्दा ४४ जना सङ्क्रमित र ६४ जनाको एनटिजीन परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
६१ सङ्क्रमित हुँदा १२१ जना निको भएका छन् । पाल्पामा हाल ३८२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो ।
पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११६ जनाको निधन भईसकेको छ ।
पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ९ सय २ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार 4 सय ९८ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ३५८ संक्रमितमा हाेम आइसाेलेशनमा ३ सय ७३ जना आइसियू २ जना एचडियूमा १५ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १६ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८ १६:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय