Erani Mahal
पाल्पामा बच्चा जन्मिएपछि महिलामाथि जबर्जस्ती गर्ने पुरूष पक्राउ
pakrau
पाल्पा – जबर्जस्ती गरेर बच्चा जन्माउन बाध्य पारेको भन्दै पाल्पामा एक पुरुष पक्राउ परेका छन् । अबैध सम्बन्ध राखेर बच्चा (छोरी) जन्माएपछि पीडित ३४ वर्षकी युवतीले प्रहरीमा दिएको उजुरीका आधारमा तानसेन नगरपालिका बस्ने पुरुषलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तानसेनमा बस्ने ४४ वर्षका अर्जुन विक रहेको प्रहरीले जनाएको छ । विकले ती महिलालाई जबर्जस्ती करणी गरेकैले ती महिलाले गर्भ बोकी बच्चा जन्माएको र बच्चा बिरामी भई लुम्विनी मेडिकल कलेजमा सोमबार उपचारको क्रममा मृत्यु भएको छ । बच्चाको मृत्यु भएपछि ती पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धान कार्य भइरहेकाे छ ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update