Erani Mahal
पाल्पामा मंगलवार ३३ जनामा काेराेना संक्रमण ४३ जना निकाे
corona-gg
पाल्पा – पाल्पामा मंगलवार ३३ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । १ जनाको पीसीआर गर्दा १ जना सङ्क्रमित र ९७ जनाको एनटिजीन परीक्षण गर्दा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । ३३ सङ्क्रमित हुँदा ४३ जना निको भएका छन् । पाल्पामा हाल ४०९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११६ जनाको निधन भईसकेको छ । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ९ सय २ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार ३ सय ७७ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ४०९ संक्रमितमा हाेम आइसाेलेशनमा ३ सय ७३ जना आइसियू ३ जना एचडियूमा १५ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १७ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update