Erani Mahal
तीज गीती कथा-२०७८ 'वीरहको तीज' बजारमा सार्वजनिक (भिडियाे सहित)
teej
पाल्पा - साउन लागेसंगै तीजका गीतहरु बजारमा आउने क्रम बढेको छ । बिशाल मुभिज प्रा.लि.मार्फत यतिबेला गायिका कमला बि.शी.को तीज गीती कथा २०७८ बिरहको तीज बजारमा सार्बजनिक भएको छ । चर्चित गायक तथा सर्जक हुम गैरेको लय तथा शब्द संकलन रहेको गीतमा बरिष्ठ गायक ईन्द्र जि.सी.,चर्चित गायिका सिता केसी.,हुम गैरे,कमला बि.शी र धिरज खत्रीको स्वर रहेको छ । गायक, सर्जक गैरेकै निर्देशन तथा सम्पादन रहेको गितमा चर्चित मोडल प्रेम खड्का,धिरज खत्री, रमा ठकुरी, मधु रसाईली, अनिल भण्डारी, रामचन्द्र भण्डारी लगायतको जीवन्त अभिनय रहेको छ । बजारमा आएको छोटो समयमै यु.टुब.तथा टिक टकमा धेरैको मन जितेको तिज गीत बिरहको तिजले समाजको वास्तविक यथार्थलाई चित्रण गरेको कुरा गीतका सर्जक गैरे बताउनुहुन्छ । चेली र माईती बिचको कारुणीक ब्यथालाई सुमधुर लयमा शब्द मार्फत उतारिएको गायिका कमला बि.शी.को यथार्थपरक तिज गीती कथा बिरहको तिज गीतले स्राेता र दर्शककाे मन जित्ने विस्वास गरिएकाे छ । भिडियाे लिंक https://www.youtube.com/watch?v=0QJxbdv5GHc&t=230s
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update