Erani Mahal
निस्दीमा सुनारीकाे सम्झनामा एमालेकाे शाेक सभा
ddd
पाल्पा - नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य तथा निस्दी गाउँपालिका-४, नम्बर वडा कार्यालय मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीको सातौं दिनको पुण्यतिथिमा शोक सभा सम्पन्न भएको छ। नेकपा एमाले निस्दी गाउँ संगठन कमिटीको आयोजनामा भएको शोक सभामा लुम्बिनी प्रदेश सांसद तथा एमाले पाल्पा अध्यक्ष नारायण प्रसाद आचार्यले सुनारीको योगदानको चर्चा गर्नुहुँदै उहाँको सपना पूरा गर्न पार्टीले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। शोक सभामा लुम्बिनी प्रदेश सांसद युवाराज खनालले सुनारीको निधनबाट पार्टीलाई ठुलो क्षति पुगेको बताउनुहुँदै सम्पुर्ण कार्यकर्तालाई उहाँको असल मर्गमा हिँडन अनुरोध गर्नुभएको थियो । सभामा नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सदस्य देवीलाल लामिछाने, भुवन थापा, निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, वडा सदस्य मन प्रसाद सोती लगायतले बोल्नुहुँदै सुनारीको योगदानको चर्चा गर्नुभएको थियो। नेकपा एमाले निस्दी गाउँ संगठन कमिटीका अध्यक्ष हेम बहादुर खाम्चाको अध्यक्षतामा भएको शोक सभाको संचालन सचिव मेख बहादुर सुनारीले गर्नुभएको थियो । सुनारीको गत असार २८ गते ५४ वर्षको उमेरमा निधन भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update