Erani Mahal
पाल्पाकाे रिब्दीकाेटमा एक जना पुरूष मृत फेला
dead_Body
पाल्पा – जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । ख्याहा बस्ने अन्दाजी ७० वर्षका शालिकराम विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोमबार बिहान ७ बजेतिर विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत साउन १ गते बिहान घरबाट हिडेका उनी तीन दिनपछि मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको जनाएको छ । [caption id="attachment_14862" align="alignnone" width="768"] -सांकेतिक तस्वीर[/caption]
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update