Erani Mahal
निस्दीका सामुदायिक वनले बीस हजार बढी बिरुवा रोपे
jj
पाल्पा - निस्दी गाउँपालिका, पाल्पाका विभिन्न सामुदायिक वनले २० हजारभन्दा धेरै बिरुवा रोपेका छन् । डिभिजन वन कार्यालय पाल्पाको सहयोग तथा निस्दी सव डिभिजन वन कार्यालय मित्यालको समन्वय र स्थानीय उपभोक्तको सहभागितामा बिरुवा रोपेको हो। यस सिजनमा मात्रै निस्दीका ४ वटा सामुदायिक वनको १२ हेक्टर क्षेत्रफलमा २० हजारभन्दा बढी बिरुवा रोपेको निस्दी सव डिभिजन वन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभयो । सामुदायिक वनको खाली क्षेत्रमा लगाएको बिरुवामा विशेषगरी दालचीनी र चिउरीको प्रजाति रहेको अधिकारीले बताउनुभयो। स्थानीय उपभोक्तको माग अनुसार यो सिजनमा थुम्काडाँडा सामुदायिक वन, दरुवा चौर सामुदायिक वन, देवीथुम्का सामुदायिक वन र भोटेगौरी सामुदायिक वनको क्षेत्रमा बिरुवा रोपेको हो। यससँगै विभिन्न सरकारी कार्यालयको परिसार, सार्वजनिक क्षेत्र र निजी वन क्षेत्रमा समेत बिरुवा रोपेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update