Erani Mahal
युएईमा कार्यरत रामपुर क्षेत्रका युवाले दिए नगरपालिकालाई अक्सिजन कन्सट्रेटर
218321236_335720241419386_1775866327763726922_n
पाल्पा- रोजगारीको सिलसिलामा यूनाइटेड अरब इमिरेट्स (युएई)मा रहनुभएका रामपुर क्षेत्रका युवाहरुले रामपुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर दिएका छन्। कोरोना महामारीले गाउँ पनि आक्रान्त भएपछि आफ्नो गाउँठाउमा कोरोना नियन्त्रण तथा उपचारमा सहयोग होस् भनेर अक्सिजन कन्सल्टेटर प्रदान गरेका हुन् । रामपुर नगरपालिकाका विभिन्न वडाका ४९ जना र निस्दी गाउपालिका गल्धाका २ युवाहरुबाट संकलित २ लाख ४० हजार रुपैया लागतमा ५/५ लिटर क्षमताको ४ वटा अक्सिजन कन्सन्ट्रेटर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, वडा अध्यक्षहरु हुमनाथ न्यौपाने, हिमाल मल्ल र स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेलाई हस्तान्तरण गरिएको हो। आफ्नो र परिवारको सुन्दर भविश्यको लागि बैदेशिक रोजगारमा देशबाहिर रहन बाध्य भएपनि अझैपनि कोरोनाको झोखिम नघटेको अबस्थामा आफ्नै घरपरिवार, आफन्तीजन, गाउघरका छिमेकीको स्वास्थ्य उपचारमा प्रयोग हुने गरि कन्सल्टेटर प्रदान गरेको अभियानका संयोजक ओम कुमारी खाणले बताउनुभयो । हामीले निरन्तर यहाँ रहनुभएका युवा, स्थानीय तह र नेपालमा रहनुहुने साथीहरु संग समन्वय गर्यौ खाणले भन्नुभयो-अहिलेको आबश्यकता बुझेर कन्सल्टेटर हस्तान्तरण गरेका हौ । Nudge international कम्पनीबाट खरिद गरि काठमाडौंबाट रामपुर सामान ल्याएर नगरपालिकालाई हस्तान्तरण गरेको नेपालमा संयोजन गर्नुभएका पत्रकार सीता डोटेलले जानकारी दिनुभयो । युएईमा रहनुभएका युवाहरुको पहलमा भएको यो अभियान अन्तर्गत युएईमा रोजगारमा भएर हाल कोरोना संक्रमणका कारण घरमा रहनुभएका खगेश्वर बाेटे (पाल्पाली कान्छा), केशब पाण्डे, युएईमा कार्यरत युवा भुपराज खनालका बुवा लोकनाथ खनाल र प्रेमनारायण र केशब पाण्डेका बुवा गिरीराज पाण्डेको पनि सहभागितामा सामाग्री हस्तान्तरण गरिएको हो । अक्सिजन कन्सल्टेटर ग्रहण गर्दै रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले विपद्को सामनामा बिदेशमा पसिना बगाउनुहुने नेपालीबाट आएको सहयोगले थप आत्मबल बढाउने बताउनुभयो । रामपुर नगरबासी युएईमा रहनुहुने युवा, पाल्पाली समाज युएईले बिगतमा पनि राम्रा काम गरेको बताउदै उहाँले यस अभियानमा खट्ने सबैलाई धन्यवाद दिनुभयो। रामपुर नगरपालिका भित्र रहेका १५ स्वास्थ्य सस्थाहरु मध्य प्राप्त कन्सल्टेटर आबश्यकताको आधारमा प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । रामपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्याैपानेले युवाको यो कर्मको प्रशम्सा गर्नुभयो । कोरोना संक्रमित बिरामीको उपचारमा यसले महत्वपूर्ण सहयोग पुर्याउने बताउदै कन्सल्टेटरको सही सदुपयोग गर्न प्रतिवद्ब जनाउनुभय‍ो । रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्लले कोभिडको परिस्थितिमा पनि आफ्नो जिउज्यानको जोखिम हुदाहुदै आफ्नो ठाउँलाई महत्त्वपूर्ण सामाग्री प्रदान गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो। रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले सबैको साथले कोभिड बिरुद्ध लाग्न सहयोग पुगेको बताउनुभयो । सहयोग गर्ने सबै युवाको पहलकदमीलाई धन्यवाद दिदै उहाँले विभिन्न संघसस्था व्यक्ति दाताहरुको विवरण नगरले संकलन गरेको बताउनुभयो । युएईका विभिन्न स्थानमा रहनुभएका यस क्षेत्रका युवाहरुबिच चलेको यो सहयोग अभियानमा संयोजक ओम कुमारी खाण, बेद प्रसाद अर्याल लगायतका युवाहरुले सक्रिय पुर्वक अभियान चलाउनुभएको थियो । आफ्नो ठाउँको सहयोगमा पाल्पाली युवाहरु निरन्तर सक्रिय भएर एकबद्द भएर काम गर्ने गरेको बेद प्रसाद अर्यालले बताउनुभयो । यसैबिच युवाहरुले रामपुरको आइसोलेसनमा नियमित खानाको व्यबस्था गर्नुभएका युवाको समुहलाई समेत सहयोग गर्नुभएको छ । २ महिना अघि देखि निरन्तर आइसोलेसनका बिरामी,आफन्त र स्वास्थ्यकर्मीमा बिहान र साझको खाना खुवाउदै आएका रामपुर युवा क्लब र होइराइजन डेण्टल सन्चालक शंकर श्रेष्ठ सहितको युवाहरुको काममा थप निरन्तरता होस् भएर रकम सहयोग गरेको हो । क्लबका अध्यक्ष छम बहादुर दरै, सचिव सुन्दर कंडेल र शंकर श्रेष्ठलाई सोही अबसरमा नगद १० हजार ५ सय ५५ रुपया प्रदान गरिएको हो । कार्यक्रमको संचालन पत्रकार सीता डोटेलले गर्नुभएको हो।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update