Erani Mahal
पाल्पाली समाजद्वारा प्रमुख सचिव डा. रेग्मीको स्वागत
damodar regmi_ (2)
पोखरा - गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले पाल्पाको विकासका ३ आधार रहेकाे बताउनुभएकाे छ । उहाँले शिक्षा, स्वास्थ्य र पर्यटन पाल्पाको विकासका आधार भएको बताउनुभयाे । पाल्पाली समाज समाज पोखराले उहाँको स्वागतमा शनिबार समाजको कार्यालय नयाँबजारमा आयोजना गरेको कार्यक्रममा प्रमुख सचिव डा. रेग्मीले सो कुरा बताउनुभएकाे हाे । पाल्पाका १० पालिकासँग आपसी समन्वय गर्दै पाल्पाली समाज पोखरा अघि बढ्नुपर्ने उहाँको सुझाव छ । उहाँले कर्मघर जहाँ भए पनि जन्मघर भुल्न नहुने र आफ्नो पेसा व्यवसायमा इमानदारीपूर्वक लाग्नुपर्ने बताउनुभयाे । यसै साता गण्डकीमा प्रमुख सचिवको रुपमा सरुवा भई आउनुभएका रेग्मीको मुलघर पाल्पाको तानसेन, बर्तुङ हो । पोखरामा उहाँ २०६९ सालमा पनि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक भइ आउनुभएकाे थियाे । अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका उनलाई मन्त्रिपरिषद्को असार १७ को बैठकले बढुवा गरेको थियो । यसअघि उहाँ स्वास्थ्य मन्त्रालयका सहसचिव रहनुभएकाे थियाे । पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक थापाको अध्यक्षतामा भएको कार्यक्रममा डा. रेग्मीलाई पाल्पाली ढाकाटोपी, खादा, माला, अबिरले स्वागत गरिएको थियो । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बालचन्द्र परियार र संचालन महासचिव केशव नेपालले गर्नुभएकाे थियाे । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरे, समाजका सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको सो कार्यक्रमबीच समाजका अध्यक्ष रेशम थापाले समाजको २२ बुँदे वार्षिक प्रस्तावित कार्यक्रम सार्वजनिक गर्नुभयाे ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update