Erani Mahal
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा पहिरो  : पाल्पा बुटवल सडक अबरुद्ध
207502520_186857583392396_1871268108678083975_n
पाल्पा - सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा पाल्पा बुटवल सडक अबरुद्ध बनेको छ । तीन दिनदेखि परेको अविरल वर्षातका कारण पाल्पाको तिनाउँ गाउँपालिका ३ सिद्धबाबा क्षेत्रमा दिउँसो चार बजे पहिरो सहितको हिलोको कारण सडक अबरुद्ध भएको प्रहरी चौकी दोभानले जानकारी दिएको छ । ढुंगा सहितको पहिरो झरेका कारण सडक खुलाउनको लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update