Erani Mahal
शनिवार पाल्पामा १३ जना काेराेना संक्रमित थपिदा ५३ जना निकाे
coronavirus-
पाल्पा – पाल्पामा शनिवार १३ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । २८ जनाको पीसीआर गर्दा ६ जना सङ्क्रमित र १५ जनाको एनटिजीन परीक्षण गर्दा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । १३ सङ्क्रमित हुँदा ५३ जना निको भएका छन् । पाल्पामा हाल ४९५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११५ जनाको निधन भईसकेको छ । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ७ सय ८२ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार २ सय ४७ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ४९५ संक्रमितमा हाेम आइसाेलेशनमा ४ सय ६१ जना आइसियू २ जना एचडियूमा १५ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १६ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update