Erani Mahal
निस्दीका मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग
218374500_542248503793292_7200725888917729921_n
पाल्पा - निस्दी गाउँपालिका मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग प्राप्त भएको छ । धन कमाउनको लागि विदेश पस्नुभएको निस्दीका खाम्चा पूर्ण अशक्त भएर फर्कनुभयो भन्ने रानीमहल समाचारको प्रभावबाट खाम्चालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटदै आएको छ । विदेशमा गई अशक्त भएर फर्कनुभएका खाम्चालाई निस्दी - ४ , मित्याल , भोर्मा स्थायी निवासी रुक बहादुर सिंजाली मगरले हाल साउदी अरेबियाबाट ५ हजार रुपैयाँ रानीमहल प्रतिनिधि मार्फत पठाउनुभएको हो । सहयोग रकम आफुले कमाएको पैसाबाट बचाएर खाम्चाको परिवारलाई थोरै राहत मिलोस भनेर पठाएको सिंजालीले बताउनुभयो । रकम पाएपछि खाम्चाले खुसी व्यक्त गर्नुहुँदै सहयोग गर्नुहुने सिंजालीलाई।धन्यवाद प्रकट गर्नुभएको छ। यस अगाडि खाम्चालाई विभिन्न व्यक्ति र समुहले पनि रकम सहयोग गरेका थिए । हालसम्म खाम्चालाई ७६ हजार २ सय ६९ रुपैयाँ सहयोग प्राप्त भएको छ। खाम्चा केही वर्ष अगाडि साउदी अरेबियाबाट पूर्ण अशक्त भएर घर फर्कनु भएको थियोे ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update