Erani Mahal
पाल्पामा पहिराेले ट्याक्टर र जेसीबी पुरिँदा एक जनाकाे मृत्यु, एक घाइते
death-sign
पाल्पा – जिल्लाको तिनाउ–६, डुम्रेमा पहिरोले ट्याक्टर र जेसीबी पुरिदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया जिल्ला बासगढी नगरपालिका–४, का हाल डुम्रेमा बस्ने २७ वर्षका महेन्द्र पुनको मृत्यु भएको हो । पहिरोले पुएिर घाइते भएका पुनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार डुम्रेको भित्री सडक खण्डमा ढुंगा लोड गरेको लु ४ त ६६२९ नम्बरको हिलोमा फसेको ट्याक्टर निकाल्ने क्रममा लु १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसीबीलाई माथिबाट आएको पहिरोले पुरेको थियो । उक्त पहिरोमा परी लु १ क २४९६ नम्बरको जेसीबी चालक रैनादेवी छहरा गाउँपालिका–१, का २० वर्षीय सरोज बुढा घाइते हुनुभएको छ । घाइते बुढाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घटना स्थलमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । स्थानीय तहकाे पुनर्संरचना हुनुअघि जिल्ला विकास समितिले वर्षातमा सडक बिगार्ने भन्दै ट्याक्टर र ट्रिपरजस्ता सवारीसाधन संचालनमा राेक लगाउदैँ आएका थिए । तर पछिल्लाे समय स्थानीय तहहरूले वर्षातकाे समयमा पनि ट्याक्टर र ट्रिपर संचालनमा राेक लगाउन सकेका छैनन् ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update