पाल्पा – पाल्पामा शुक्रवार ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ६१ जनाको पीसीआर गर्दा १० जना सङ्क्रमित र १४३ जनाको एनटिजीन परीक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
६२ सङ्क्रमित हुँदा १६ जना निको भएका छन् । पाल्पामा हाल ५३५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो ।
पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११५ जनाको निधन भईसकेको छ ।
पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ७ सय ८२ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार १ सय ९४ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ५३५ संक्रमितमा हाेम आइसाेलेशनमा ५सय जना आइसियू २ जना एचडियूमा १५ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १७ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८ १९:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय